
ललितपुर – गोदावरी नगरपालिकाको आयोजना तथा जिल्ला प्रमुख डोजो ललितपुरको सहआयोजनामा चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता २०८१ को भव्य उद्घाटन भएको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक, खेलाडी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रममा वक्ताहरूले खेलकुदले युवाहरूलाई अनुशासित, आत्मनिर्भर र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस प्रतियोगिताले नेपाली कराते खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा विभिन्न जिल्लाका कराते खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार, प्रतियोगिताले नेपाली कराते खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे