
काठमाडौँ। चैत महिना सुरु भएसँगै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आजदेखि लागू हुने गरी प्रकाशित दरअनुसार फागुन महिनाको तुलनामा ब्याजदर केही घटेको देखिएको छ।
चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ औसत ब्याजदर ४ दशमलव ४९ प्रतिशत कायम गरिएको छ भने संस्थागत निक्षेपतर्फ ३ दशमलव २९ प्रतिशतमा झरेको छ। अघिल्लो फागुन महिनामा व्यक्तिगत निक्षेपमा ४ दशमलव ५६ प्रतिशत र संस्थागत निक्षेपमा ३ दशमलव ३३ प्रतिशत ब्याजदर रहेको थियो। यसरी चैतमा बैंकहरूले ब्याजदर केही घटाएर सार्वजनिक गरेका हुन्।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। बैंकिङ क्षेत्रमा निक्षेपको अवस्था, तरलता र बजार परिस्थितिलाई ध्यानमा राखेर बैंकहरूले ब्याजदर निर्धारण गर्ने गरेका छन्।
बैंकहरूले ब्याजदर घटाएपछि बचतकर्ताले पाउने प्रतिफल केही कम हुने भए पनि कर्जा लिने पक्षका लागि भने लागत केही सहज हुने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे