
काठमाडौँ । सुनसरी जिल्लामा बुधबार राति अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ। राति करिब १ बजे सशस्त्र प्रहरीको बेस क्याम्प ९बीओपी० लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रातिको समयमा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलबाट गोलीको खोका फेला परेको छ भने गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीको भनाइ अनुसार सशस्त्र प्रहरीले मागेको नजराना रकम नदिएको विषयलाई लिएर विवाद भएको थियो। सोही क्रममा तस्करी र भन्सार छलिएको आरोप लगाउँदै भनाभन भएपछि गोली चलेको र साहको घाँटीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको उनीहरूको दाबी छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे