
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन (इमिग्रेशन) कार्यालयमा नयाँ ४५ जना अधिकृत खटाइएको छ। गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरेका शाखा अधिकृतहरूलाई इमिग्रेशनमा पठाएको हो।
आजदेखि ती सबै नयाँ अधिकृतहरूले काम सुरु गरेका छन्। उनीहरूलाई तीन दिनको छोटो तालिम दिएर खटाइएको हो भनेर अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिएका छन्।
त्यस्तै, इमिग्रेशन कार्यालयको नेतृत्व गर्न सहसचिव नरहरि घिमिरेलाई पनि प्रमुखका रूपमा पठाइएको छ। घिमिरेले पनि आजदेखि कार्यालयमा हाजिरी दिएका छन्। यसअघि, भिजिट भिसाको नाममा मानव तस्करी भएको आशंकामा अख्तियारले ७ जेठमा इमिग्रेशन कार्यालयमा छापा मारेको थियो। त्यस क्रममा त्यतिबेलाका प्रमुख तीर्थराज भट्टराईसहित केही कर्मचारी पक्राउ परेका थिए। अहिले पनि सो प्रकरणको छानबिन चलिरहेको छ।
नयाँ अधिकृत खटाउनुको उद्देश्य भनेको यस्ता अनियमितता रोक्नु र अध्यागमन प्रणालीलाई पारदर्शी बनाउनु हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे