
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। टिचिङ अस्पतालमा पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारको जिम्मा लगाइएर नगर परिक्रमासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
मृत्यु भएका मध्ये चारजनालाई राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बाँकी मृतकलाई पनि परम्परागत विधिअनुसार अन्त्येष्टि गरिएको जनाइएको छ। शवयात्रामा ठूलो संख्यामा स्थानीय, समर्थक र सामाजिक अभियन्ताहरूको सहभागिता थियो।
आन्दोलनका क्रममा भएको घटनाले देशभर शोक र आक्रोश फैलिएको छ। नागरिक समाजका प्रतिनिधिहरूले आन्दोलनमा ज्यान गुमाएकालाई ‘साहसी युवा’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि हुँदा सरकारी अधिकारी, स्थानीय जनप्रतिनिधि र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए। घटनाले मुलुकलाई पुनः अस्थिरतामा धकेल्न सक्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे