
काठमाडौँ — भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको गम्भीर सवारी दुर्घटनामा एकै घरका तीन सदस्यसहित चार नेपालीको ज्यान गएको छ। मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। उनीहरूको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ र सम्बन्धित परिवारलाई घटनाको जानकारी गराइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे