
काठमाडौँ, वैशाख ३१ — बुधबार साँझ सोलुखुम्बु जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका बस्तीहरूमा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म जनधनको क्षतिको विवरण आएको छैन। भूकम्पपछि स्थानीयवासी केही समय त्रसित बनेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे