• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

१ घण्टा अघि
२

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

१ घण्टा अघि
३

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

४ घण्टा अघि
४

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

५ घण्टा अघि
५

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

६ घण्टा अघि
६

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

७ घण्टा अघि
७

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

७ घण्टा अघि
८

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

७ घण्टा अघि
९

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

७ घण्टा अघि
१०

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

७ घण्टा अघि
११

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

७ घण्टा अघि
१२

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ जेष्ठ १४, सोमबार (१ साल अघि)

साधारणीकरण सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न ३६ वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत

  • 2,261 Views
  • काठमाडौं, १३ जेठ । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा यही आइतबार आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आतिथ्यतामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठी हात्तीवन, ललितपुरस्थित स्कूल अफ आर्ट्स् परिसरमा सम्पन्न भएको हो ।

    सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी हुनुभयो । भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी हुनुभयो । चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कूल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हान हङ र इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्रा. डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राख्नुभयो । कार्यक्रममा भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्ष डा. शुची यादव लगायतले पनि कार्यक्रममा सम्बोधन गर्नुभयो ।

    उद्घाटन सत्रपछि लगातार दुई प्लेनरी सत्र सम्पन्न भए, त्यसपछि तीन सभाकक्षमा समानान्तर तीनवटा कार्यक्रमबीच ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिए । अन्त्यमा समापन सत्र, प्रमाणपत्र वितरण र फोटोसेसनसहित सम्पन्न भएको सङ्गोष्ठी बिहान ९ बजे सुरु भई साँझ साढे ६ बजे सम्पन्न भयो । डि–वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्र्याक्सिस गरी ६ विधामा कार्यपत्र प्रस्तुत गरिए । यसअघि प्लेनरी सेसनमा टु डिकेड्स अफ दि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस तथा साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स गरी दुई विषयमा वृहत् विमर्श गरियो ।

    कार्यक्रमको उद्घाटन सत्रमा प्राध्यापक रामकृष्ण रेग्मीलाई अभिनन्दन समेत गरियो । केयूका उपकुलपति प्रा.डा. भोला थापाले अध्यक्षता गर्नुभएको उद्घाटन सत्रमा स्कूल अफ आर्टस्की डिन एकुमाया पुनले स्वागत मन्तव्य राख्नुभयो । समापन सत्रको अध्यक्षता गर्दै केयूका रेक्टर प्रा.डा. अच्युतप्रसाद वाग्लेले मन्तव्य राख्नुभयो । डा. चन्द्रभानु पट्टनायक, प्रा. त्रिशु शर्मा, डा. भानुभक्त आचार्य, डा. श्रद्धा पुरोहित, प्रा. प्रबलराज पोखरेल र डा. आदित्य शुक्लाले समानान्तर सत्रको अध्यक्षता गर्नुभयो । कार्यक्रममा डा. हेमराज काफ्ले, डा. काशिराज पाण्डेय, डा. दिनेश काफ्ले, आभाष राजोपाध्याय, चुनबहादुर गुरुङ, यमबहादुर दुरा, सुदर्शनप्रसाद दाहालले समानान्तर सत्रहरुको सहजीकरण गर्नुभयो ।

    केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो । उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूले पाठ्यक्रममा समावेश गरी पठनपाठन भराइरहेका छन् । यो सञ्चार ढाँचाबारे स्नातकोत्तर तथा पीएचडी तहका शोधार्थीहरूले समेत अनुसन्धान गरिरहेका छन् ।

    गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति र त्यस मातहत १० वटा उपसमितिहरू गठन गरिएका थिए । कार्यक्रममा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायतका प्रस्तोताले साधारणीकरण–सञ्चार ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय सङ्गोष्ठी भौतिक उपस्थिति र भर्चुअल प्रविधि मिश्रित ‘हाइब्रिड मोड’ मा सम्पन्न भएको हो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    १ घण्टा अघि

  • २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    १ घण्टा अघि

  • ३

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    ४ घण्टा अघि

  • ४

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    ५ घण्टा अघि

  • ५

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    ६ घण्टा अघि

  • ६

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    ७ घण्टा अघि

  • ७

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ७ घण्टा अघि

  • ८

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ७ घण्टा अघि

  • ९

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ७ घण्टा अघि

  • १०

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution