
काठमाडौं , ३१ भाद्र | काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ । डेंगुको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिनेछ र आवश्यक परेमा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिन्छ ।
डेंगुको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता रहेको छ ।महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको र थप कार्यक्रमरु विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याउँने महानगरका मेयर बालेन्द्र शाहले बताए ।
टोल टोल र सामुदायिक रूपमा नै सक्रिय भएर लागे मात्र डेंगुको रोकथाम र नियन्त्रणमा आउँने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे