
काठमाडौं , २६ कात्तिक। इजरायलले लेबनानको दक्षिणी क्षेत्रमाथि गरिएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। लेबनानी सुरक्षा स्रोतका अनुसार, इजरायलको हवाई हमलाले स्थानीय नागरिक र सुरक्षा बलका जवानहरूलाई लक्ष्य बनाएको हो। आक्रमणले लेबनानका विभिन्न गाउँ र सहरमा ठूलो नोक्सानी पुर्याएको छ। सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ । त्यसअन्तर्गत हवाई निगरानी र सटिक गुप्तचर परिचालन गरिएको थियो ।
लेबनानका अधिकारीहरूले घटनामा इजरायलको कडा प्रतिक्रिया निन्दा गर्दै, यो आक्रमण अन्तर्राष्ट्रिय मानवाधिकार उल्लङ्घन भएको बताएका छन्। घाइतेहरूको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ, र अस्पतालहरूमा उपचारका लागि थप स्रोतको आवश्यकता परिरहेको छ।
इजरायल र लेबनानबीचको तनाव लामो समयदेखि बढिरहेको छ, विशेषतस् हिज्बुल्लाह समूह र इजरायली सेनाबीचको संघर्षको कारणले। यस आक्रमणले क्षेत्रीय तनावलाई अझ बढाएको छ, र अन्तर्राष्ट्रिय समुदायले शान्ति र स्थिरता कायम राख्न दुवै पक्षलाई वार्ता र सम्झौतामा ल्याउने प्रयासहरू गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे