
काठमाडौं, मङ्सिर १४ । दाङमा बस दुर्घटना हुँदा १८जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको हो । सदरमुकाम घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिए । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकबाट करिब तीन मिटर तल खसेको छ । प्रहरीका अनुसार बस करिब सवा १० बजेतिर दुर्घटनामा परेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे