
काठमाडौं, २ असार। शनिबार भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा एउटा टेम्पो यात्रु सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा १४ पर्यटकको मृत्यु भएको र १२ जना घाइते भएका छन्। पर्यटक चोप्ता जाँदै गर्दा रैतोली गाउँ नजिकै बिहान ११ः३० बजे दुर्घटना भएको हो । २६ जना बोकेको गाडी २०० मिटर अग्लो खाडलमा खसेर नदीमा खसेको उनीहरुले बताए ।
१० जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ । रुद्रप्रयाग जिल्ला अस्पतालमा दुईजनालाई मृत घोषणा गरिएको थियो भने दुईजनालाई ऋषिकेशको एम्समा मृत घोषणा गरिएको थियो । मृतकमध्ये तीन जनाको सनाखत हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार पर्यटकहरु चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको अस्पतालमा मृत्यु भएको हो । अधिकारीहरुका अनुसार सडकबाट चिप्लिएको टेम्पो करिब दुई मिटर खोलामा खसेको थियो ।
मृत्यु हुनेमा नोएडा, मथुरा, उत्तर प्रदेशको झाँसी, उत्तराखण्डको हल्द्वानी, मध्य प्रदेश, दिल्ली र हरियाणाका बासिन्दाहरु छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे