
काठमाडौँ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पले टोकेपछि १४ महिने बालिकाको मृत्यु भएको छ। झगरु पासवानकी छोरी सङ्गीता पासवान घरमा सुत्दै गर्दा सर्पले डसेकी थिइन्। डसिएपछि केही समयमा उनी बेहोस भइन् र उपचारका लागि बहादुरगञ्ज अस्पताल लगियो।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई गोरुसिङ्गेको सर्पदंश उपचार केन्द्र लगियो, तर बाटोमै नै उनको निधन भयो। उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले उपचारमा ढिला भएकाले बालिकाको मृत्यु भएको बताए। यसले सर्पदंशको समयमा चाँडो उपचारको आवश्यकता देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे