
काठमाडौँ असोज ८ | नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ।चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच सोमबार भएको दुई पक्षीय वार्ताका क्रममा १३ बूँदे सम्झौता भएको प्रचण्डको सचिवालयले जनाएको छ।
कृषि, पूर्वाधार, सीमानाका व्यवस्थापन विद्युतलगायतका १३ वटा परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे