काठमान्डौ , १७ असार |दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् ।
दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन् । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ।
अध्यागमन अधिकारीका अनुसार ४ जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी कामको रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैर-कानूनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।
अन्य नौ जना भने भिसा अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे