
काठमाडौँ , १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिलहरु पदबाट बर्खास्त भएका छन् । बीबीसीका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती अधिकारीलाई बर्खास्त गर्ने निर्णय लिएका हुन् ।
ती अधिकारीहरूले ट्रम्पको एजेन्डा इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्ने आफूलाई नलागेको उनले बताएका छन् । कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले सोमरबारदेखि नै लागु हुनेगरी ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न रहेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे