२५ असार काठमाडौँ |देशभर पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो।
१ हजार ५ सय ३९ जनाको पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन् । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे