
काठमाडौं – माछापुछ्रे बैंक (MBL) ले आफ्नो ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा १०% क्यासब्याक दिने नयाँ अफर सार्वजनिक गरेको छ। MBL Neon कार्ड प्रयोग गरेर ग्राहकहरूले भाटभटेनीमा गरेको किनमेलमा १०% क्यासब्याक प्राप्त गर्न सक्नेछन्, जसको अधिकतम रकम १,००० रुपैयाँसम्म हुनेछ।
यस अफरले ग्राहकहरूलाई बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने छ। बैंकका अनुसार, यस अफरमा, ग्राहकहरूले मासिक रुपमा १०% क्यासब्याक प्राप्त गर्न सक्नेछन्। अफरमा शर्त र नियमहरू भने लागू हुनेछन्।
बैंकले ग्राहकलाई आफ्नो डिजिटल बैंकिङ सेवामा प्रोत्साहन गदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे