
काठमाडौँ, ४ माघ । साताको अन्तिम कारोबारको दिन आज पनि शेयर बजार घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेको छ ।
यसदिन २९८ वटा कम्पनिको २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।
>आज फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३० लाख कित्ता शेयर १ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भयो ।
आज तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे