
काठमाडौं, १७ पुस। आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कोरोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य प्रतितोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम रहेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ ।चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे