
काठमाडौं, माघ ११ । नेपाली बजारमा लगातार पाँच दिनदेखि सुनको मूल्य स्थिर रहेको हो।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत आइतबारदेखि कायम छ।त्यस्तै तेजावी सुन आज प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएकाे छ।
महासंघका अनुसार बिहीबार चाँदी भने प्रतितोला २० रूपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे