
काठमाडौं, २१ असोज । हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका—२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका—५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् ।
उनी कर्णाली करिडोरको ग्युसी–छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए ।
शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे