
मुगु ,१८ माघ । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा बिहीबार हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतिक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।
हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसानह यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ कि भन्ने चिन्ता थियो । तर हिमपातले किसानलाई आशा जगाएको छ । विगतमा मंसिर, पुसबाटै हिमपात हुने गरेको भएपनि यो वर्ष ढिला गरेर हिमपात भएको हो । यो वर्ष माघको १५ कटेपछि बल्ल वर्षकै पहिलो हिमपात भएको छ ।
माघ महिना लाग्दा पनि हिउँ नपरेपछि जौ र गहुँबाली लगाएका किसान खडेरी लाग्ने हो कि भन्ने चिन्तामा थिए तर आजको हिउँले राहत पुगेको छ । हिमपात भएपछि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे