
काठमाडौँ, ४ पौष । हिमालयन बैंकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
कम्पनीको पुस ४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले २०८९÷८० को वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही वित्तीय विवरणहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ ।
बैंकले गत वर्ष भने ११.११ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे