
काठमाडौँ, फागुन २२ । आज मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ रहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ रहेको थियो ।
अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
आज तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे