
काठमाडौँ ,७ माघ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको छ ।
गत साताको शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रवारको तुलनामा आज ५ रुपैयाँले घटेर प्रतितोलामा १३ सय ९५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे