
काठमाडौँ, २७ फागुन – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा १ हजारले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेको कारोबारमा काराबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढेर १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको छ ।
चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे