
काठमाडौं,२२ माघ । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे