
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ तोकिएको छ। यो सोमबारको मूल्य २ लाख ५२ हजार ९ सय रुपैयाँको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार यसको मूल्य बढेर प्रतितोला ३ हजार ६ सय रुपैयाँ पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे