
काठमाडौँ, फागुन २४ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा १५ सयले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा १५ सय रुपैयाँ बढेको हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे