
काठमाडौँ, १६ जेठ । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ । यसदिन सुनको भाउ प्रतितोला ६०० रुपैंयाले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाले बढेर १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे