
काठमाडौं,१७ पुस । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरि जम्मा ५.२६२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे