
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने बताएका छन् । उनले भने सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ भनेर काम अघि बढाएका छौँ जैविक केमिकल प्रयोग गर्दै छौँ । जसले वतावरणमा असर पार्दैन । सफा पानी मात्र खोलामा जाने बनाउँदै छौँ मेयर शाहले भने।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक शौचालय प्रयोग गर्न दिएवापत होटल, रेष्टुरेण्ट, बैंक र अन्य सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन् ।‘काठमाडौंमा १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने काम शुरू हुन्छ, यो टेण्डर प्रोसेसबाटै अघि बढ्छ उनले भने ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे