
काठमाडौँ , ११ भदौ | अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले अनावश्यक रुपमा आफूलाई घटनामा जोडेको भन्दै आफ्नो मौनतालाई कमजोरी नठान्न आग्रह गरेकी छन् ।
अभिनेता सुरुकले आत्महत्या गरेपछि नम्रताकै कारण उसले आत्महत्या गवरेको भन्दै आलोचना भएको थियो । यद्यपि, शारुकको सुसाइड नोटमा भने नम्रतालाई आरोपित गरिएको छैन ।
उनले लेखेकि छिन् , एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ।।मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु’।
अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको समेत बताएकी छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे