काठमाडौँ , २१ मंसिर| प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको सकिएको निर्वाचन आयोगले जनाएको छ ।आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ । यद्यपि निर्वाचनमा समानुपातिक तर्फ करिब एक करोड १० लाख मत खसेकोछ ।
नतिजा अनुसार सात वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दल बन्न सफल भएका छन् । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ ,नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ , माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तीन सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ मत प्राप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे