
काठमाडौँ, २७ भाद्र । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आजदेखि धनगढी पुगेर सत्याग्रह सुरु गर्ने भएका छन् ।
डा. केसीले धनगढी पुगेर २० औँ सत्याग्रह सुरु गर्न लागेका हुन् ।
सरकारले आफुसँग यसअघि गरेको सहमतिको पालना नगरेपछि फ्लाइटमार्फत्को धनगढी जान लागेको बताएका छन् ।के सीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् ।
यसअघि, डा. केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने भनिएपनि सरकारले सम्झौता पालनाको लागी केही समय माग गरेकोले थप २ साताको लागी सत्याग्रह सारेका थिए ।
सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने माग सहित डा केसी पटक पटक अनशन बसिसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे