
काठमाडौँ ,२७ भाद्र |सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीन दिने औपचारिक नेपाल भ्रमणमा आज आउँदै छन् ।चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउँन लागेका लीले आजै सभामुख अग्निप्रसाद सापकोटासँग दुई देशीय वार्ता हुने कार्यसूची उल्लेख छ ।
वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदानका साथै नेपालको न्याय प्रणाली बलियो बनाउन चीन सरकारले आगामी दिनमा पुराउँन सक्ने सम्भावित सहयोग र सहकार्यका सम्बन्धमा छलफल हुने छ । अध्यक्ष नेता लीले भोलि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको कार्यसूचीमा उल्लेख छ ।
उनले भोलि बुधबार शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै अध्यक्ष लीले नेपालमा रहिरहदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे