
एजेन्सि । फिफाले आइतवार २०२६ को फुटबल विश्वकपको फाइनल न्यूयोर्क/न्यू जर्सीको मेटलाइफ स्टेडियममा खेलिने घोषणा गरेको छ। प्रतियोगिता जुन ११ मा मेक्सिको सिटीको प्रतिष्ठित एज्टेका स्टेडियममा खेलेर सुरु हुनेछ र उपाधिको खेल जुलाई १९ मा हुनेछ । विश्वकपको उद्घाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।
न्युयोर्कले फाइनल खेल आयोजना गर्न डलासबाट कडा चुनौती पाएको थियो। फिफा विश्वकप २०२६ ४८ टोलीबीच खेलाइनेछ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको प्रतियोगिताको सह-आयोजक हुन्।
एट्लान्टा र डलासले सेमिफाइनलको आयोजना गर्नेछन् भने तेस्रो स्थानको खेल मियामीमा हुनेछ। क्वाटरफाइनलका खेलहरू लस एन्जलस, कन्सास सिटी, मियामी र बोस्टनमा हुनेछन्। तीन देशका कुल १६ शहरहरूले खेलहरू आयोजना गर्नेछन्, जसमा अधिकांश खेलहरू संयुक्त राज्य अमेरिकामा हुनेछन्। सन् १९९४ को विश्व कप पनि संयुक्त राज्य अमेरिकामा आयोजना भएको थियो र फाइनल लस एन्जलस नजिकै पासाडेनाको रोज बाउलमा भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे