
काठमाडौँ ११ माघ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना गर्नु सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
उनले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताए । छलफलमा पूर्व न्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंह र पूर्वन्यायधिशहरु सहभागी थिए ।
उक्तm छलफलमा प्रधानमन्त्री दाहालले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेकोमा संविधान र कानूनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे