
काठमाडौँ ,२० फागुन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको पोष्टमर्टम रिपोर्ट आएको छ।
पोखरेलको पोष्टमार्टम रिर्पोट अनुसार उनको बलात्कार भएको छैन । गत शनिबार बिहान एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा उनको झुण्डिएर मृत्यु भएको थियो।स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि फेला पारेको थियो। उक्त नोटमा आफूले बाँच्न नचाहेको भन्ने विवरण उल्लेख गरिएको थियो। उनको मृत्युपछि मृतकका आफन्तले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सह प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेललाई किटानी जाहेरी दिएका थिए ।
आफन्तको किटानी जाहेरी पछि प्रहरीले तिनै जनालाई मंगलबारनै पक्राउ गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे