
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा ल्याउने बाटो आफूले खोलिदिएको दाबी गरेका छन्।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू फेरि राजनीतिमा फर्कनुलाई असंवैधानिक भन्न मिल्दैन भने। उनका अनुसार संविधान वा कानुनले यस्तो रोकटोक गरेको छैन, र विश्वका धेरै देशमा पूर्वराष्ट्रपति वा प्रधानमन्त्रीहरू सक्रिय राजनीतिमा फर्किएको उदाहरण छ।
प्रचण्डले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र उनी सक्रिय राजनीतिमा फर्कन चाहेको कुरा अब स्पष्ट भएको बताए। उनले चीन भ्रमणपछि भण्डारीलाई पार्टी अध्यक्ष बनाउने योजना पनि चलेको तर त्यसपछि के भयो भन्ने थाहा नभएको बताए।
उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएपछि भण्डारीका लागि पनि राजनीतिमा ढोका खुलेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे