
काठमाडौँ । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन र वायु गुणस्तर सुधार गर्न सात अर्ब सात करोड २० लाख रुपैयाँको ऋण अनुमोदन गरेको छ। वाशिङ्टन डिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ कि उक्त परियोजना ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ उच्च वायु प्रदूषण जोखिम भएका काठमाडौँ उपत्यका तथा तराईका केही भागमा सञ्चालन गरिनेछ।
परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुवाँरहित प्रविधिमा रूपान्तरण गरिनेछ। यसले वातावरणीय सुधारका साथै उद्योगमा आधुनिकिकरण र सतत विकासमा सहयोग पुर्याउने विश्व बैंकको अनुमान छ।
परियोजना कार्यान्वयन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालय तथा वातावरण विभागमार्फत हुने बताइएको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा यस कार्यक्रमले वायु प्रदूषण घटाउने मात्र नभई जनस्वास्थ्य सुधारमा समेत योगदान पुर्याउने उल्लेख गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे