
काठमाडौँ, १९ भाद्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्नै सुरक्षा गार्डलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
बायोमेट्रिक विवरण दिन शुक्रबार ठमेलस्थित छायाँ सेन्टर पुगेका मन्त्रि श्रेष्ठलाई भिसा सेन्टरमा कार्यरत गरुड सेक्युरिटी कम्पनीसँग आबद्ध सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए ।
उनलाई अहिले दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा राखिएको छ ।
मन्त्री श्रेष्ठले मन्त्री हुँ भन्दै लाइनमा बस्न नमानेपछि जो भए पनि नियम मान्नुपर्छ भन्दै सुरक्षागार्ड गुरुङले लाइनमा बस्न लगाएका थिए।
मन्त्री श्रेष्ठ काम सकाएर फर्किएपछि पर्यटन मन्त्रालयले मन्त्रीमाथी छाया सेन्टरको सुरक्षा गार्डबाट दुर्व्यवहार भएको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । शुक्रबार नै गृहले पत्र प्रहरी प्रधान कार्यालय पठायो । विभिन्न चक्कर लगाउदै पत्र दरबारमार्ग वृत्तमा पुग्यो।
सुरक्षा गार्ड गुरुङलाई वृत्तले अपराध संहिताको अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ । अपराध संहिताको दफा १ सय १८ मा कसैलाई अभद्र व्यवहार गर्न नहुने र गरेमा १ वर्ष सम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनसक्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे