
काठमाडौँ, मङ्सिर २९ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आज सम्म समय तोकेको थियो ।
निर्वाचनमा सहभागी हुन चाहने दलले आज सम्म दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ। मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्न समय तोकेको थियो ।
एमाले, माओवादी , राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा दलले दर्ताको निवेदन दिसकेका छन् ।
माघ ११ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन निर्वाचन हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे