
काठमाडौं, वैशाख ३ । गत चैत २७ गते मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले गरेको जनप्रदर्शनका क्रममा घाइते भएका नेता ठाकुर प्रसाद डाँगीको निधन भएको छ । डाँगीको उपचारको क्रममा आज बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसका कारण उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । श्रद्धाञ्जलीका लागि उनको शवलाई आज १२ बजे पार्टी कार्यालयमा राख्ने प्रवक्ता श्रेष्ठले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे