
काठमाडौं, असोज २५ । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले इरानमाथि शानदार जित निकालेको छ । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो । नेपालले दिएको ३ सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा मात्र ७९ रन बनाउँदै अलआउट भयो ।
नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । सुवास भण्डारीले ३ विकेट लिए । दिपेश कँडेलले ३ विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे