
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस प्रक्रिया अघि बढाएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला तथा निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन्।
सिफारिस सूचीमा अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न क्षेत्रमा एकल उम्मेदवारको नाम परेको छ। कतिपय जिल्लाबाट एकल नाम केन्द्रमा पठाइएको छ भने केही जिल्लाले एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरेका छन्। साथै, केही जिल्लाले प्रतिनिधिसभा सदस्य बन्न इच्छुक सबै उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन्।
यी हुन् एकल सिफारिस भएका उम्मेदवार–
१. केपी शर्मा ओली – झापा–५
२. विष्णु पौडेल – रुपन्देही–२
३. शंकर पोखरेल – दाङ–२
४. लेखराज भट्ट – कैलाली–४
५. महेश बस्नेत – भक्तपुर–२
६. प्रदीप ज्ञवाली – गुल्मी–१
७. ईश्वर पोखरेल – काठमाडौँ–५
८. लीलानाथ श्रेष्ठ – सिरहा–३
९. अजय गुप्ता – रौतहट–१
१०. हरि उप्रेती – सर्लाही–३
११. तिलक महत – नवलपुर–२
१२. मिलन गुरुङ – गोरखा–२
१३. बद्री मैनाली – नुवाकोट–१
१४. सूर्य ढकाल – बाँके–१
१५. दलबहादुर सुनार – बाँके–३
१६. विश्राम चौधरी – कपिलवस्तु–१
१७. सुहाङ नेम्वाङ – इलाम–२
१८. लक्ष्मी महतो कोइरी – महोत्तरी–१
१९. ध्रुव शाही – सुर्खेत–१
२०. कलाधर देवकोटा – सुर्खेत–२
२१. गुलाबजंग शाह – सल्यान
२२. मणिराम फुयाल – काठमाडौँ–२ (प्रस्ताव)
२३. दामोदर भण्डारी – बैतडी
२४. गणेश ठगुन्ना – दार्चुला
२५. दीपक प्रकाश भट्ट – कञ्चनपुर–३
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे