
यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ।मुगम कार्मारोङ गाउँपालिका-२ ठूलीकोशी रिमार लेकमा यार्सा संकलनमा खटिएका सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो । उनी ०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई ०७७ सालदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई मंगलबार बिहानदेखि टाउको दुख्नुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो ।
बुधबार बिहान हेलिकोप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे