
काठमाडौँ, १ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू–भाग र मध्य प्रदेशको पश्चिमी भू–भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
आज नेपाली महिलाहरुको महान चाँड हरितालिका तिजको दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र देशका बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिम प्रदेश सहित देशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र देशका बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे