
एक दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आज विहान १०ः४५ बजे लुम्बिनी आइपुगेका हुन् ।भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।
यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरे ।भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले गृहमन्त्री बालकृष्ण खाण,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, परराष्ट्रमन्त्री डा. नारायण खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए
स्वागतमा सहभागी गृहमन्त्री बालकृष्ण खाँणले मोदीलाई उद्धृत गर्दै उनले पहिलो पटक लुीम्बनी आउँदा खुसी लागेको प्रतिक्रिया दिए । त्यसैगरी सहरी विकासमन्त्री रामकुमारी झांक्रीले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले समग्र नेपालका लागि राम्रो भएको बताइन् । उनले मोदीको लुम्बिनी भ्रमणले विश्वभर शान्तिको सन्देश दिन सफल भएको बताइन् मोदीले आज ५ घण्टा लुम्बिनीमा बिताउनेछन् ।मोदीले केही बेरमा मायादेवी मन्दिरमा पूजा तथा भूमि पूजा गर्नेछन् ।
प्रधानमन्त्री देउवा र मोदी बुद्ध जन्मस्थल भ्रमण पछि लुम्बिनीको पश्चिमी बिहार क्षेत्रमा भारतीय संस्कृति मन्त्रालयले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फिडेरेशन बिहारस्थल पुगेर संयुक्त रुपमा उक्त बिहारको शिलान्यास गरेका छन्र।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे